काठमाडौँ । चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।राजदूत सेनले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर समसामयिक राजनितिका विषयमा कुराकानी गरेका हुन् । राष्ट्रपति चयनलाई लिएर नेपालको राजनीति तरङ्गित भइरहेको बेला राजदूत सोङको बालुवाटार भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।
राष्ट्रपतिको चुनाव नजिकिँदै गएसँगै अन्तर्राष्ट्रिय चासो बढ्दै गएको छ । भारतीय र अमेरिकी चासो सार्वजनिक भइरहेका बेलामा चिनियाँ राजदूतले पनि राजनीतिक भेटघाट बढाएका छन् । बालुवाटार स्रोतका अनुसार सेनले प्रचण्डसँग अबको राष्ट्रपति को बन्ने भन्ने बारेमा जिज्ञासा राखेका थिए ।
जवाफमा प्रचण्डले दलहरूबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने बताएका छन् । यसअघि अघिल्लो साता प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएलगत्तै राजदूत सेन बालकोट पुगेर ओलीसँग संवाद गरेका थिए । त्यतिबेला पनि राजदूत सेनको चासो राष्ट्रपति चुनावसँग रहेको बताइएको थियो ।