काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवासमा पुगेका थिए ।
भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो ।भेटपछि प्रधानमन्त्री प्रचण्डले सत्तारुढ गठबन्धन नभत्किने बताएका छन् । गठबन्धन अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री प्रचण्डले भने, ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने÷भत्कने कुरै छैन । राष्ट्रपतिको पनि १–२ दिनमा सहमति मै टुंगो लाग्छ ।’
प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताए । गठबन्धन अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री प्रचण्डले भने, ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने÷भत्कने कुरै छैन । राष्ट्रपतिको पनि १–२ दिनमा सहमति मै टुंगो लाग्छ ।’