काठमाडौँ । नेकपा माओवादी केन्द्रले पोलिटव्युरो गठन गर्न ढिलाई गरेको छ । महाधिवेशन सकिएको १ वर्ष पुरा हुदा समेत पोलिटव्युरो गठन हुनसकेको छैन । अझै ३ महिना लाग्ने स्रोतले जनाएको छ । माओवादीले अध्यक्षसहितको २२ जना पदाधिकारी छनौट गरिसकेको छ । ४४ जना स्थायी समितिमा, ३ सय ८६ जना केन्द्रीय समिति र २ सय २ जना वैकल्पिक केन्द्रीय सदस्य बनिसकेका छन् । तर, पोलिटव्युरो बनाउन ढिलाईहुदै आएको छ ।
गत असारमा पोलिटव्युरोबारे चर्चा चलेपनि ८ महिनाहुदासमेत नाम टुंगिन सकेको छैन । गत असारमा १ सय २५ जनाको पोलिटव्युरो बनाउन केन्द्रीय समितिमा प्रस्ताव गएको थियो । नाम सहित प्रस्ताव परेपनि हालसम्म को–को पोलिटव्युरो भन्ने एकिन भैसकेको छैन । पोलिटव्युरो सदस्यमा नाम छुटेको भन्दै विवाद आएपछि ढिलाई भएको हो । केन्द्रीय समिति, पदाधिकारी बैठक, स्थायी समिति बैठकहरु बेलाबखत बसेपनि पोलिटव्युरो गठनमा ध्यानै पु¥याएन ।
महासचिव देव गुरुङले समय र आवश्यकता अनुसार गठन हुने बताए । उनले पोलिटव्युरो विधानबाट नहटेको बताए । पोलिटव्युरोमा बस्न चाहनेहरुको संख्या धेरै छ । पदाधिकारीहरु आँफु अनुकुलका व्यक्तिलाई पोलिटव्युरो सदस्य बनाउन गृहकार्यमा लागेका छन् ।