सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रले सत्ता सहकार्यलाई मजबुत बनाएर अघि बढ्ने निर्णय गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता गठबन्धनलाई मजबुत बनाएर अघि बढ्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रपतिका विषयमा सत्तारुढ दलबीच कुनै विमति नरहेको बताए । उनले सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिनेमा सत्ता गठबन्धनको अडान रहेको बताए ।
उनले उच्चस्तरीय संयन्त्रको बैठकलाई निरन्तरता दिने र अहिलेसम्म गरेका कामका विषयमा समीक्षा भएको बताए । लिङ्देनले सत्ता साझेदार दलहरूबीच राष्ट्रपतिको विषयमा विमति भन्ने खबर बाहिर आए पनि त्यसमा सत्यता नभएको जिकिर गरे ।बैठकले रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयास गर्ने पनि निर्णय भएको छ ।