काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक केहिवेरमा बस्दैछ । बैठक आज दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ । तत्कालिन पार्टी सभापति र रवि लामिछानेको पदका विषयमा निर्णय लिन बैठक बोलाईएको बताईएको छ ।
Advertisement
एक नेताका अनुसार उनलाई आजको बैठकले सभापति बनाउने छ । नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि उनले पद गुमाएका थिए । रविले आज पुनः नागरिकता प्राप्त गरिसकेको छन् ।
सर्वोच्चको फैसला अनुसार रविले सांसद पदसँगै उपप्रधान तथा गृहमन्त्री पद पनि गुमाएका थिए ।