भरतपुर । लेखक हीरा लामाको पहिलो उपन्यास दलदल सार्वजनिक भएको छ । कवि भूपिन, अक्षर समूहका अध्यक्ष रमेश प्रभात र समीक्षक सिर्जन अविरलले कृति विमोचन गरेका हुन् । अक्षर समूह चितवनको आयोजनामा नारायणी रिसोर्ट गैंडाकोटमा भएको कार्यक्रममा कृति विमोचन भएको थियो ।
Advertisement
कृतिको समीक्षात्मक टिप्पणी सिर्जन अविरलले प्रस्तुत गरे । दलदलमा चितवनको भूगोलको चिनारी प्रशस्त मात्रामा गरिएको समीक्षक अविरलले बताए । साहित्यकार धनराज गिरीले लेखक लामाले उपन्यासमा बुबाको भूमिकालाई महत्वका साथ उतारेको बताए । टिप्पणीकार निर्दोष जीवनले दलदल पारिवारिक सामाजिक कथावस्तुको उपन्यास भएको बताए ।
लेखक हिरा लामाले १० वर्षको मेहनतपछि दलदल किताबको रूपमा सार्वजनिक भएको बताए कवि भूपिनले दलदलमा फसेका नेपालीहरूको सामाजिक जीवन पुस्तकमा अटाएको बताए । दलदल समग्र समाजको प्रतिबिम्ब बनेर आएको बताए ।