काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । सांसद पद गुमेसँगै उनी गृहमन्त्रालयबाट समेत बाहिरिने भएका छन् ।
नागरिकतासम्बन्धि विवादमा फैसला सुनाउँदै उनी प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको सर्वोच्च अदालतले ठहर गरेको छ ।
Advertisement
आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो । लामिछाने मंसिर ४ मा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।