काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् । भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उनले उद्योग व्यवसाय क्षेत्रमा परेका समस्या हल गर्ने बताए ।
Advertisement
उनले भने, ‘समस्याका गीत गाएर होइन, समाधानका सम्भावनाहरुका नजिकमा गर्नुपर्ने दायित्व बोध छ ।’ सरकारले रुग्ण उद्योगको सञ्चालन र बन्द भएका उद्योगहरु सञ्चालन गर्न पहल गरिने बताए । मन्त्री भण्डारीले उद्योगीहरुलाई प्रोत्साहित गर्ने र नीति कानून फुकाइदिने काम गर्ने बताए । उनले उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई निर्यात गर्ने वस्तुहरुको भण्डारणका लागि ठाउँ हेरिरहेको बताए ।