धनगढी । भूकम्पका कारण बाजुरा र हुम्लामा आधा दर्जन बढी घर तथा संरचनामा क्षति पुगेको छ । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर आज दिउसो ५.९ म्याग्निच्युडको भूकम्प आएको थियो ।
प्राप्त जानकारी अनुसार बडिमालिका–७ मा १, ९ मा २ घर भत्किएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले बताए । काअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने संकलन गर्ने काम भइरहेको छ ।
हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीकाअनुसार वडा नम्बर ६ मा १ विद्यालय भवन र २ वटा घर भत्किएका छन् । उता, बझाङमा पनि केही संरचनामा क्षति पुगेको छ । सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञानकेन्द्रको भवन र जिल्ला अस्पताल बझाङको भवन चर्किएको छ । भूकम्पले पु¥याएको क्षति विवरण संकलन कार्य जारी छ ।