काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्ततः सरकारमा सहभािग हुनेभएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी गठबन्धनमा सामेल भएपनि सरकारबाहिर रहने अडानमा रहेको राप्रपा महत्वपूर्ण मन्त्रालय सहित सरकारमा जाने तयारी गरेको छ ।
Advertisement
राप्रपाले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय मागेको छ । तर, सत्तारुढ दलहरु ३ सिट दिन तयार छन् । अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने सम्भावना बढेको छ । राप्रपाले अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने सम्भावना बलियो छ । प्रतिनिधि सभामा राप्रपाका १४ सांसद् छन् । प्रधानमन्त्री प्रचण्डले एक दुई दिनभित्र मन्त्रीमण्डल विस्तार गर्दैछन् ।