काठमाडौं– राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रवादीहरुबाटै गणतन्त्रमाथि खतरा रहेको बताए । सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सत्तामै पुग्ने प्रवृत्तिका कारण समस्या भएको बताए ।
Advertisement
उनले राजनीतिक दल र कार्यकर्ताका कारण अब निर्वाचनमा भाग लिन नसकिने हुँदै गएको बताए ।एकातिर मुलुकको अर्थतन्त्र डामाडोल भएको अर्कोतिर मन्त्री र सांसदहरुको कारखाना खुलेको केसीको टिप्पणी छ ।
केसीले कसरी सत्तामा जान भन्ने मात्र देखिएको भन्दै यो देशका लागि खतरा भएको टिप्पणी गरे ।उनले अदालत र संसद् तथा निर्वाचन आयोगमा समेत सेटिङ हुने गरेको आरोप लगाए।