काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त नयाँ राजदूत काठमाडौं आएका छन् ।काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार नवनियुक्त राजदूत चेन सङ आइतबार काठमाडौं आइपुगेका हुन् ।
Advertisement
काठमाडौं आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको उल्लेख गरेका छन् ।
नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताएका छन् । प्रचण्ड सरकार निर्माणमा चिनको सहयोग रहेको अन्तराष्ट्रिय चर्चाका विच उनको आगमनलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।