भरतपुर । चितवनका होटल व्यवसायी दिनेशकुमार चुके होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । भरतपुरमा सम्पन्न १० औं साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट चुके अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि बरिष्ठ उपाध्यक्षका रुपमा रहेका थिए ।
उनी उद्योग वाणिज्य महासंघको शहरी विकास समितिको आमन्त्रित सदस्य समेत हुन् । हंस बहुउद्येश्यिय सहकारीका अध्यक्ष, गंग्रोत्री होटलका अध्यक्ष हुन् । महाधिवेशनबाट अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा भाईचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तीलक बहादुर कार्की र देवी गौतम चयन भएका छन् । महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश महोत्रा चयन भएका छन् ।
सचिवमा राजु अधिकारी, कमलबहादुर बम, धनेश्वर भण्डारी, तारा प्रसाद आचार्य, जनक बहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्र प्रसाद ढकाल चयन भएका छन् । कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदिप कुमार श्रेष्ठ चयन भएका छन् ।