काठमाडौं । नेपाल टी–२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंकाविच सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान थालेको छ ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।गृहबाट आएको निर्देशनका आधारमा प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको थियो ।
त्यही आधारमा छानबिन थालिएको सीआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले बताए ।प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस विषयमा विवरणहरु सार्वजनिक भएसँगै सीआईबीले यसमा चासो देखाएको थियो ।
गृह र प्रहरी प्रधान कार्यालयबाट पत्राचार नै भएपछि छुट्टै टोली गठन गरेर अनुसन्धान सुरु भएको छ ।प्रतियोगितामा विदेशी खेलाडीलाई श्रम स्वीकृतिबिना खेलाइएको आरोप पनि लागेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ पुसदेखि सुरु भएको खेल २७ पुससम्म चल्नेछ ।