भरतपुर । चितवन प्रहरीले जथाभावी नदीजन्य पदार्थ उत्खनन कार्यमा प्रयोग भएका ९ वटा निर्माण साधनहरु नियन्त्रणमा लिएको छ ।
एउटा जेसीवी, ६ वटा टिप्पर र २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । चितवनको खैरहनी-१ र ३ बाट साथै रत्ननगर-३ बाट अवैध रुपमा उत्खनन तथा ओसारपसारमा संलग्न साधनहरु नियन्त्रणमा लिएको हो ।
मंगलबार विहान ९ बजे जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले खैरहनीबाट जेसीवी बा १ क ६०३६ नम्बरको, ग २ ख ९३४ , ना ८ ख २९३४ , ना ७ ख २६७३, ना ८ ख ६२७१ टिप्परहरुलाई नियन्त्रणमा लिएको छ । खैरहनी- १ को २ ठाउँबाट ५ सय ७ घनमिटर (१६८ ट्याक्टर) र वडा नं. ३ स्थितबाट १२४ घनमिटर ( ४२ ट्याक्टर) अवैध नदिजन्य पदार्थ समेत नियन्त्रणमा लिएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलिले रत्ननगर- ३ बाट उत्खनन् गरिरहेको अवस्थामा टिप्परहरु ना ८ ख १४९४ नम्बर, ना ८ ख ५९५३ लाई नियन्त्रणमा लिएको छ । अवश्यक कारवाहिको लागि सम्बन्धित नगरपालिकामा पठाइएको प्रहरीले जनाएको छ ।