भारतमा एकै परिवारका तीन जना नेपालीको कोठामा निस्सासिएर मृत्यु भएको छ ।भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका कैलालीको गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी भुल र २ वर्षीया छोरीको मृत्यु भएको हो।
Advertisement
आइतबार राति कामका लागि उत्तराखण्डको मेरठमा बस्दै आएका उनीहरू कोठामा रेलमा प्रयोग हुने कोइला बालेर सुतेका थिए।
बन्द कोठामा कोइला बालेर सुतेका उनीहरू निस्सासिएर मृत्यु भएको हुनसक्ने गौरीगंगा नगरपालिका १ का वडा अध्यक्ष डबलबहादुर दियाकोटी बोहराले बताए।उनका अनुसार भुल दम्पती डेढ वर्षअघि छोरीलाई लिएर घरबाट कामका लागि त्यहाँ गएका थिए। पोस्टमर्टम सकेर शवलाई घर ल्याउने प्रक्रिया भइरहेको वडा अध्यक्ष बोहराले बताएका छन् ।मृतक दम्पतीका घरमा पनि दुई छोरी र एक छोरा छन्।