एकदिवसिय क्रिकेट श्रृखलाको दोश्रो खेल न्यूजिल्यान्डको पोल्टामा

न्यूजिल्यान्डमा जारी ५ एकदिवसिय क्रिकेट श्रृखलाको दोश्रो खेलमा पनि आज पाकिस्तानले हार व्यहोरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्न आएको पाहुना टोली पाकिस्तानले निर्धारीत पचास ओभरमा नौ विकेट गुमाएर २ सय ४६ रन मात्रै बनाउन सक्यो । पकिस्तानका लागी महम्मद हाफिजले शर्वाधिक ६० रन बनाए ।

२ सय ४७ रनको जवाफि लक्ष्य पक्षाएको घरेलु टोली न्युजिल्याण्ड १४ ओभर खेल्दा बर्षाका कारण खेल रोकिन पुग्यो । लामो समय खेल रोकिएपछि २५ ओभरमा झरेको खेल जित्न घरेलु टालीलाई सामान्य १ सय ५१ रनको मात्र आवश्यकता थियो ।

जुन उसले २३.५ ओभरमै २ विकेट गुमाएर पुरा गर्न सफल भयो । न्युजिल्याणको जितमा शर्वाधिक ८६ रन बनाएरका मार्टिन गुप्टिल म्यानअफ दि म्याच घोषित भए । प्रतियोगीताको तेश्रो वन डे क्रिकेट आगामि १३ तारीख शनिबारका दिन हुनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *