काठमाडौँ
Advertisement
वीर अस्पतालको पर्खाल भत्कँदा चारजना घाइते भएका छन्। लगातारको वर्षाको कारण पुरानो इँटाको पर्खाल मक्किएर भत्किएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार तल्लाको टिनमा ठोक्किएर तल खसेपछि त्यहीमुनि रहेका बिरामी कुरुवालाई लागेपछि घाइते भएका थिए।
उनीहरूको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको निर्देशक डा पौडेलले जनाए। पौडेलका अनुसार घाइते चारै जनालाई गम्भीर चोट भने लागेको छैन।घाइते चारैना खतरामुक्त रहेको बताइएको छ।