भरतपुर । चितवन प्रहरीले लागुऔषध कारोबारी ३ जनालाई पक्राउ गरेको छ । ३३ बोतल लागुऔषध ‘कोरेक्स’ सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार चालक भरतपुर– १२ का ४० वर्षिय सुरजकुमार शाही, कारमा सवार ३६ वर्षिय प्रकाश गौतम, भरतपुर–२ का ५० वर्षिय शैलेन्द्र श्रेष्ठ छन् ।
Advertisement
उनीहरुलाई मंगलबार दिउँसो ४ः३० बजे प्रहरीले नियन्त्रणमा लिएको हो । पूर्वीचितवनको खैरहनी–६ जमौलीस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो । प्रदेश ३–०१–०२४ च ८७७० नम्बरको कार समेत नियन्त्रणमा लिइएको छ । कारको पछाडीपट्टिको सिटमा कार्टुनभित्र लुकाई छिपाई लागूऔषध १० एमएलको ३३ बोत्तल प्रहरीले फेला पारेको थियो ।