काठमाडौँ । अभिनेता पल शाहको मुद्धामा उच्च अदालत पोखरामा आज सुनवाई हुदैछ । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै दिएको रिट निवेदनमा सुनवाई हुन लागेको हो । एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिएपनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ । सोही मुद्दाको फैसलाविरुद्ध पलले रिट दिएका थिए ।
Advertisement
सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका हुन् । पलका अधिवक्ता कमलामोहन वाग्लेका अनुसार आज पलका ती दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्दैछ । साथै, अधिवक्ता वाग्लेले आफूहरू पेसी सार्ने पक्षमा नरहेको बताएका छन् । हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन् । तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ ।