काठमाडौँ । चार दलको बैठकमा कांग्रेसले राष्ट्रपति पद आफैले पाउनुपर्ने अडान राखेको छ । पुरानो ५ दलीय गठबन्धनमध्ये ४ दलको बालुवाटार बैठकमा नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छ ।
राष्ट्रपति निर्वाचनको संघारमा समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहेका माओवादी, एकीकृत समाजवादी र जसपाले माधवकुमार नेपालको नाम अघि सार्दा कांग्रेसले भने आफ्नै उम्मेदवारलाई सघाउन प्रस्ताव राखेको हो । राष्ट्रपतिमा आफूलाई सघाएमा नेपाललाई सत्ता समीकरणका अन्य भागबन्डामा ठाउँ दिने कांग्रेसको प्रस्ताव गरेको छ ।
कांग्रेस सहमत भए राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनाउने, सहमत नभए उनलाई एक वर्ष सरकारको नेतृत्व दिने गरी मनाउने तयारीमा दलहरू रहेका छन् । उपराष्ट्रपति भने जसपालाई दिने कुरामा माओवादी र एकीकृत समाजवादी पार्टी एकठाउँमा रहेका छन् ।
पाँच वर्षभित्रै एक वर्ष नेता नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको बैठकमा सहभागी एक नेताले बताए ।ती नेताले भने, ‘अहिले सहमतीय रूपमा कांग्रेसबाट राष्ट्रपति बनाऔं । ५ वर्षभित्रमा एक वर्ष माधवजीलाई प्रधानमन्त्री बनाउनेगरी पनि छलफल भएको छ ।’