काठ्माण्डौ । पुस १० पहिलेकै पुरानै गठबन्धन व्यूँताउने चर्चाहरु चलेका छन् । राष्ट्रपति चयनका लागि दलहरु कसरी जाने रणनीति बनाउन व्यस्त छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्ने भएको छ । साँझ ६ बजे छलफलमा जुट्न लागेका कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरिसकेका छन् । प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट्नेछन् । प्रचण्डले पुराना सहयात्री दलका शिर्ष नेताहरुलाई एक–एक भेट गरेका छन् । संयुक्त रुपमा बस्ने बैठकले पुरानो गठबन्धन व्युताउँने वा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्ने एकिन अलमलता देखिएको छ ।
एमालेले पुस १० मा सरकार गठन भएका बेला भएको सम्झौता पालना गर्नुपर्ने अडान राख्दै आइरहेको छ । तर, प्रचण्डले राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन् । प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबारनै भेट गरिसकेका छन् । फागुन १३ गते (शनिबार) राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेको छ । कांग्रेससँग ५ बजे, एकिकृत समाजवादी र जसपासँग ३ बजे बैठक बस्ने तयारीमा माओवादी केन्द्र छ । साँझनै संयुक्त बैठक बस्ने चर्चा भैरहेका छन् ।