काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगिनसकेको बताएका छन् । बिहीबार सिंहदरबारमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भएको छदफलपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पनि राष्ट्रपति निर्वाचनबारे छलफल गरिरहेको बताए । ‘गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगेका छैनौँ । प्रधानमन्त्रीले एमाले अध्यक्षसँग नि छलफल गरिरहनुभएको छ । सबै दलहरूसँग छलफल चलिरहेको छ,’ उनले भने ।
Advertisement