काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि २ जनाको नाम प्रस्ताव गरेका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा ओलीले २ जनाको नामबारे छलफल चलाएका हुन् ।
Advertisement
माधवकुमार नेपाल या सुवास नेम्वाङलाई राष्ट्रपति बनाउन उनले आग्रह गरेका थिए । ओलीले प्रचण्डलाई भनेका थिए– ‘तपाईँले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ ।’ प्रचण्डले भने जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग छल्लाह गर्ने जवाफ दिएका छन् ।
स्रोतका अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्रीसँग सन्तुष्ट छैनन् । उनले गठबन्धनप्रति इमान्दार बन्न सुझाएका छन् ।