काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन धादिङवेशीमा हुनेभएको छ । फागुन १२ देखि १४ गतेसम्म हुने जनाइएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भएपनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैं काम गर्न नसकिएको बताए ।
Advertisement
धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले यसपटक महाधिवेशन धादिङवेशीमा गर्न लागिएको बताए । महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी १ हजार बढीको सहभागिता रहने बताए ।