काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल विजयी भएका छन्। २३औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार भएको निर्वाचनबाट बडाल अध्यक्ष निर्वाचित भएका हुन्।निवर्तमान महासचिव समेत रहेका बडालले अध्यक्षका अन्य ४ जना प्रतिस्पर्धीलाई पराजित गरे।
अध्यक्षका लागि बडालसँगै आरसी लामिछाने, मोती विक, लोकेश निरौला र वाङछु योञ्जनले उम्मेदवारी दर्ता गराएका थिए।उपाध्यक्षमा गोविन्द गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्। महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।
सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं, अञ्जना सिवकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन्। पार्टी (एमाले)का नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुपर्ने जोड दिएपनि सहमति जुट्न नसक्दा बिहीबार निर्वाचन भएको थियो। निर्वाचनमा १५१७ मत खसेको थियो।
 
                                                             
         
         
         
         
         
         
         
         
         
                                                                                          