काठमाडौँ । गृह मन्त्रालयले सांसद अरुण चौधरीलाई रिहा गर्नेबारे राय मागेको छ । मन्त्रालयले बिहीबार महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गरेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) जितेन्द्र बस्नेतले बताए ।
Advertisement
नेता चौधरी ट्याक्टर आगजनी गरेको पुरानो मुद्दामा थुनामा छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । महान्यायाधिवक्ता रायकाअनुसार अरू प्रक्रिया अघि बढ्ने सहसचिव बस्नेतले जानकारी दिए ।