काठमाडौँ । जनता समाजवादीका सांसद प्रदीप यादवले नागरिकता समस्याबारे सदनमा बोलेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जन्मसिद्ध नागरिकताका सन्तानले कहिले नागरिकता पाउँछन् भन्दै प्रश्न गरेका हुन् । संविधान बनेको ८ वर्षसम्म पनि नागरिकताबिहिन भएर बस्नुपर्ने गम्भीर अवस्था रहेको भन्द ध्यानाकर्षण गराए ।
जन्मसिद्ध नागरिकका सन्तानहरुले नागरिकता छिटै पाउनुपर्ने बताए । उनले जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकता दिन सरकारले ल्याउने अध्यादेशलाई न्यायालयले रोक्ने गरेको भन्दै दुखेसो गरे । उनले भने, “न्यायालयले आदेश दिन्छ सिडिओले रोक्छ । संसदले नागरिकता विधेयक पास गर्छ राष्ट्रपतिजीले रोक्छिन् । यो मुसा बिरालो जस्तो छक्याउने खेल आखिर कहिलेसम्म ?” उनले २ पटक संसदले नागरिकता विधेयक पारित गरेर राष्ट्रपति समक्ष पठाएपनि स्वीकृत नभएको भन्दै किन लालमोहर नलागेको भन्दै प्रश्न गरका छन् ।