काठ्माण्डौ । नेपाल मोबाइल व्यवसायी संघले १० करोड बराबरको लुटपाट भएको दाबी गरेको छ । यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रर्दशनमा ३ ठाउँमा मोबाइल पसलमा लुटपाट भएको जनाएको छ ।
आन्दोलनका क्रममा ल्होत्से मलका पसलहरूमाथि तोडफोड र लुटपाट भएपछि त्यहाँका व्यवसायीले सरकार र प्रहरी प्रशासन प्रति आक्रोश व्यक्त गरेका छन् । समयमा नै प्रहरी परिचालन नहुँदा करोडौँको क्षति व्यहोर्नुपरेको जीकिर गरेका छन् । पसल लुटपाटहुदा प्रहरी मुकदर्शक बनेको आरोप लगाएका छन् । नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष सोभित प्रसाईंले आन्दोलनको नाममा लुटेराहरूले पसल लुटेको आरोप लगाए ।
प्रधानमन्त्री तथा गृहमन्त्री प्रचण्डले आफ्ना मजदुरहरूलाई समर्थन गरेको आरोप व्यवसायीले गरेका छन् । सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा मोबाइल पसलको सटर खोलेर लुटपाट गरिरहेको दृष्य देखिन्छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकत्रित भएका छन् ।