सुर्खेत । दैलेखमा कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गुराँस गाउँपालिका–८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् । पारिवारिक विवाद भएपछि राति ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
Advertisement
घरमा श्रीमान श्रीमतिमात्रै थिए । गत मंसिरमा मात्रै उनिहरुको विवाह भएको थियो । दुवैजना शारीरिका रुपमा अशक्त थिए । श्रीमान् कान सुन्न नसक्ने र श्रीमती पनि शारीरिक रुपमा अशक्त रहेको प्रहरीले जनाएको छ ।