काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट बाहिरिने भएको छ । सभापति लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै सो पार्टीले कठोर निर्णय लिएको हो ।
सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
Advertisement
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो । आजको निर्णयले रास्वपाको सत्तायात्रा अल्पायूमै टुंगिएको छ । यसबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दैछ ।