काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले भ्रष्टाचार र विसंगतिविरूद्ध हिम्मतिलो कलम चलाउन आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा चितवन शाखाले गरेको कार्यक्रममा उनले लोकतन्त्र बलियो बनाउन प्रेस जगत बलियो हुनुपर्ने बताए ।
Advertisement
“समृद्धि भनेकै विकास र आर्थिक प्रगतिका लागि उत्पादनका क्षेत्रहरू विकास गरेर जानु छ । यसमा विसंगति र भ्रष्टाचार पर्खाल बनेका छन्”, उनले भने, “भ्रष्टाचारविरूद्ध तपाईंहरूबाट बमबारी हुन सकोस् ।” उनले स्वास्थ्य क्षेत्रमा धेरै विकृति र विसंगति रहेको स्वीकारे । उनले अस्पतालसम्म जान नसकेका कारण गाउँ गाउँमा रोग पालेर बस्नेको संख्या ठूलो रहेको बताए । मन्त्री गिरीले सातैवटा प्रदेशमा आइसियुसहितका सुविधासम्पन्न अस्पताल खोल्ने तथा गुणस्तरीय ल्याब र उपकरणको व्यवस्था गर्ने बताए ।