काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि आफू निर्वाचित भएको घोषणा गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवन – २ मा रविसँग पराजित भएका उम्मेदवार उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन्।
Advertisement
निर्वाचनको बेलामा परेका उजुरीमाथि आयोगले निर्णय नगर्दा आफूमाथि अन्याय परेको भन्दै श्रेष्ठले आयोगमा निवेदन दिएका छन्। निवेदनमा उनले चितवन–२ मा आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गरेका छन्। प्रतिनिधि सभा निर्वाचनमा चितवन– २ बाट रविले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने श्रेष्ठ १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो भएका थिए।