काठमाडौं । पूर्वसांसद रेशम चौधरीको मुद्धा सर्वोच्च अदालतमा सुनवाई हुने भएको छ । जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राख्दै उनले पुनरावेदनको मुद्धा दिएका थिए ।
नागरिक उन्मुक्ती पार्टीका नेता चौधरी कैलालीको टिकापुर घटनामा दोषि ठहर भएपछि जेल चलान भएका थिए ।
Advertisement
२०७२ भदौ ७ मा टीकापुरमा थारुवान आन्दोलनका क्रममा १ नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । मुद्दाको सुनवाईका लागि आज सर्वोच्चमा पेशी तोकिएको छ ।