काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुने छ ।
Advertisement
यस्तै केन्द्रीय विभाग बाँडफाँडको टुंगो लगाउने तयारी पनि माओवादीले गरेको छ ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयका लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आजसम्मको समय दिएको छ ।
आजको बैठक सोही विषयमा केन्द्रित रहने बताइएको छ। साथै माओवादीले नेताहरुको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल आजकै बैठकमा गर्ने बताएको छ ।