काठमाडौं– कतारमा बस्दै आएका एक नेपालीले आबुधाबीमा आयोजित चिठ्ठा कार्यक्रममा ८२ करोडको चिठ्ठा जितेका छन् ।
पालले जनवरी १६ मा खरिद गरेको चिठा नम्बर २३२९३६ मार्फत उक्त रकम जित्न सफल भएका हुन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आएका यूएईबाट सञ्चालित अर्को अनलाइन सञ्चारमाध्यम खालिजटाइम्सले जनाएको छ ।
उक्त रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित बनेका पालले उक्त सम्पूर्ण रकम नेपालमा अवस्थित परिवारलाई पठाउने बताएका छन् । पाँच र १० वर्षका दुई छोराका बुबा भनिएका पालको नेपालको ठेगाना भने खुलाइएको छैन । उनले विगत १५ महिना दखि चिठ्ठा खरिद गर्दै आएका थिए ।
यस अघि दुबईमा कार वाशरको रुपमा कार्यरत नेपाली ३१ वर्षिय भरतले पनि २२ करोड रुपैयाँको चिठ्ठा जितेका थिए । दोस्रो, तेस्रो र चौंथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका बताइएको छ । यस्तै, सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका छन्।