४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ६ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ ।
Advertisement
१० अर्ब विनियोजन भएकोमा ८ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ निकासा भएको थियो । चुनावमा आयोगले १ अर्ब ३३ करोड ९७ लाख खर्च गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । ७७ जिल्ला निर्वाचन कार्यालयबाट ४४ करोड ९० लाख खर्च भएको छ । १६५ निर्वाचन कार्यालयबाट ४ अर्ब ५९ करोड ८४ लाख खर्च भएको आयोगले जनाएको छ ।
चुनावका लागि अन्य मन्त्रालयबट ११ करोड ७५ लाख खर्च भएको प्रवक्ता पौडेलले बताए । आयोगका अनुसार यसमा ३०–३० करोड रुपैयाँ थपिन सक्नेछ ।’अझै भुक्तानी गर्न र केही खर्च आउन बाँकी छ,’ उनले भने । राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभाको उपनिर्वाचनको खर्च जोड्न बाँकी छ । राष्ट्रपतिको चुनाव २५ फागुन र उपराष्ट्रपतिको ३ चैतमा हुँदैछ ।