काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउसो ३ बजे बस्ने भनिएको बैठक भोलि शनिवार दिउसो १ बजे बस्न ेगरी बैठक सारिएको छ । पार्टी कोषाध्यक्ष श्रीराम ढकालले प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको बताए ।
Advertisement
बैठकले पार्टी नेताहरुको कार्यविभाजन टुंग्याउने भनिएपनि बैठक पटक–पटक सर्दै आएको छ । गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो । गृहमन्त्रालय नपाए राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डको व्यस्तता बढेको छ । रास्वपाले भोलिसम्म गृह मन्त्रालय टुंगो लगाउन अल्टिमेटम दिएको छ ।