काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । आज उनलाई बाँकेबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।चौधरी प्रतिनिधिसभा सदस्य तथा टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका सचेतक हुन्
गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।ट्र्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीले करिब १० वर्षअघि उनलाई ६ महिना कैद सजाय तोकेको थियो।
अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए। उनीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।
२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा हालको लम्कीचुँहा नगरपालिका ९तत्कालीन बलिया गाविस ५० का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए।