काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक जारी छ ।
Advertisement
बदलिएको राजनीतिक परिवेश, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, पार्टी एकताबारे भएका प्रयासहरूबारे छलफल भइरहेको जनाइएको छ ।
बैठकमा नेकपा एमाले छाडेर प्रवेश गरेका घनश्याम भुसाल पनि सहभागी छन् । महासचिव बनाउने सर्तसहित एसमा आएका भुसाल अहिले सचिवालय सदस्य छन् । उनी पहिलोपटक सचिवालय बैठकमा सहभागी भएका हुन् ।