काठमाडौं । शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा प्रतियोगिता हुनेछ । साविकको विजेता नेपाल एपीएफ क्लबस सहित न्यु डायमण्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लब गरी ६ टोलीले सहभागिता जनाउनेछन् ।
Advertisement
प्रतियोगिता माघ २४ गतेसम्म हुनेछ । लिगकम नकआउटका आधारमा सञ्चालन गर्ने जनाएको छ । विजेताले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले २०७२ देखि हरेक वर्ष राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै आएको छ ।