काठमाडौं । गएको ६ महिनामा २ सय बढी शिक्षकले राजीनामा गरेको पाईएको छ । राष्ट्रिय किताबखाना (शिक्षक) को अनुसार विगतको वर्षहरुको तुलनामा राजीनामा दिने शिक्षकको दर बढेको हो । अघिल्लो वर्षको तुलना भन्दा कम देखिए पनि त्यो भन्दा अघिल्लो वर्षहरुको तुलनामा भने बढी देखिएको किताबखानाका कामु उपनिर्देशक रामराज खकुरेलले जानकारी दिए ।
Advertisement
चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार ८२६ जना शिक्षकले पेन्सन पट्टा लिएका छन् । त्यसमध्ये करिब दुई सय बढी शिक्षकले राजीनामा दिएका छन् । किताबखाना (शिक्षक) का अनुसार यो वर्ष २ हजार ६ सयले अनिवार्य अवकाश लिनेछन् ।
खकुरेलले अघिल्लो वर्ष स्थानीय तहको चुनाव, राजनीतिक दलहरुको चुनाव र स्थानीय तहले दिने गोल्डेन ह्यान्ड सेकलगायतका कारणले राजीनामा दिनेको संख्या अत्यधिक रहेको बताए ।