काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साना किसानहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले उक्त माग गरेका हुन् । भने, ‘सयौंका संख्यामा साना किसानहरू कृषिमन्त्रालय धाइरहेका छन् । उनीहरू त्यहाँ पुग्छन्, रुन्छन् कराउँछन् ।
थापाले भने, ‘सरकारलाई मेरो प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो? अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउँदै सहानुभूति प्रकट गर्दै छानबिन गर्न समिति बनाउने हो कि?’
सरकारले बर्डफ्लू न्यूनीकरणका लागि भन्दै साना किसानको कुखुरा फार्म नष्ट गरेका थियो । उक्त क्षतिको पूर्ति स्वरुप सरकारले ५८ करोड भुक्तान गर्नु पर्नेछ। किसान बैंकको ऋणले थिचिएको भन्दै उक्त क्षतिपूर्ति तत्काल भुक्तान गर्न सांसद थापाले माग गरेका हुन् । सरकारले बर्डफ्ल्यू नियन्त्रण गर्नका लागि नष्ट गरेको कुखुरा फर्मको क्षतिपूर्ति दिन पनि थापाको माग थियो ।