काठमाडौँ । पूर्व कानुन मन्त्री माधव पौडेलले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने उमेर सीमा घटाउनुपर्ने बताएका छन् । उनले १८ वा २० वर्षको उमेर सीमा बनाउनुपर्ने बताए ।
राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा बोल्दै उनले उमेर सीमा घटाउनुपर्ने विषय उठाएका हुन् ।
Advertisement
प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षबाट घटाउनुपर्ने सुझाए । १८ वर्षकाले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाउनुपर्ने टिप्पणी गरे । पूर्वमन्त्री पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति ऐनमै तोकेर राख्न आवश्यक रहेको बताए । विद्युतीय निर्वाचनको सुरुआत गर्न र निर्वाचन खर्च कम गराउन सुझाए ।