काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी र स्थायी समिति बैठक आज बस्दै छ । बैठक दिउसो १२ बजे पदाधिकारी बैठक बस्नेछ । लगत्तै स्थायी कमिटि बैठक बस्ने जनाइएको छ । दुबै बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
Advertisement
बैठकमा नेताहरुको कार्यविभाजन टुंग्याउने स्रोतले जनाएको छ । मंगलबारको बैठकमा पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले आज फेरी बैठक बस्न लागेको हो । नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । आजको बैठकमा नेताहरुको कार्यविभाजन, राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने जनाइएको छ ।