टोरेन्टो । क्यानडाको एक मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ । क्यानडास्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट त्यहाँ रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ । सोमबार उक्त ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरमा तोडफोडसमेत भएको थियो ।
भारत विरोधी विकृत चित्र र तोडफोडको निन्दा गर्दै महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पु¥याएको छ, हामी यसको घोर भत्र्ससना गर्दछौँ । हामीले क्यानाडाका अधिकारीहरूसँग यस विषयमा हाम्रो चिन्ता र चासो व्यक्त गरेका छौँ ।”
ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले तोडफोडको निन्दा गरेका गरेका छन् भने क्यानडाका अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेका छन् ।
क्यानडामा मन्दिरमा तोडफोड भएको यो पहिलो घटना भने होइन । यसअघि गत सेप्टेम्बरमा पनि क्यानडाको बीएपीएस स्वामीनारायण मन्दिरलाई क्यानडाली अतिवादीले भारतविरोधी भित्तेचित्रले विकृत पारेका थिए ।