काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने तयारी भएको छ । यी दुई पार्टीबीच एकीकरणको प्रारम्भिक छलफल सुरु भएको छ । एकताको मोडालिटीबारे छलफल भएको जनाइएको छ ।
Advertisement
जसपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको हो । चौधरी टिकापुर घटनामा संलग्न भएको आरोपमा डिल्लीबवार कारागारमा छन् । श्रेष्ठले कारागारनै पुगेर छलफल गरेका थिए । आज यी दुई नेताबीच करिब १ घण्टा छलफल भएको थियो । जसपाको पूर्वकार्यकारिणी सदस्य रहेका चौधरी एकताका लागि लचक रहेको स्रोतले जनाएको छ ।