सिन्धुली । सिन्धुलीकोे तीनपाटन गाउँपालिका–८ कटुन्जेमा भएको डकैती घटनाका आरोपी डेढ महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुधौली नगरपालिका–१० बस्ने ४४ वर्षीय हर्क बहादुर तामाङ, फिक्कल गाउँपालिका–१ बस्ने ३१ वर्षीय रूद्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ५३ वर्षीय डम्बर बहादुर तामाङ छन् ।
Advertisement
उनीहरुले पुस २ गते ७० वर्षीय मंगल बहादुर तामाङको घरमा चोरी गरेका थिए । साँझ मंगलबहादुर र उनकी भान्जीलाई हात–खुट्टा बाँधी कुटपिट गरि लुटपाट गरेका थिए । सुनको रिङ २ थान, फुली, चाँदीका पुराना सिक्काहरू, सुनको मुन्द्रा, तामाको थाल, कचौरा लुटपाट गरेका थिए । चोरी भएका कचौरा, अम्खोरा, थाल दुधौली नगरपालिका–१० मंगलबारे बस्ने ३५ वर्षीय लाल बहादुर तामाङको घरबाट शनिबार भेटिएपछि आरोपीहरु पहिचानमा प्रहरीलाई सहजता भएके थियो ।