काठमाडौं । टिकापुर घटनाको पेसी स्थगित भएको छ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीले जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
Advertisement
पुनरावलोकन निवेदनमा सुनुवाइ गर्न आज पेसी तोकिएको थियो। तर, सर्वोच्च अदालत प्रशासनले इजलास नै नतोकिइ चौधरीको मुद्दाको पेसी स्थगित भएको जनाएको छ । २०७७ फागुन १२ मा मा दिएको निवेदनमाथि सुनुवाइ गर्न भनेर ८ पटक पेसी तोकिएको छ । पटक पटक सर्दै आइरहेको छ ।