काठमाडौं । प्रहरीले दक्षिण अफ्रिकी मुद्रा अवैध रुपमा ओसारपसार गरेका सुर्खेतका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ५२ वर्षीय टोपबहादुर बुढा क्षेत्री छन् ।उनले अवैध रूपमा साउथ अफ्रिकन रान्ड (दक्षिण अफ्रिकी मुद्रा) २३ हजार २ सय ५० बाहिरि मुलुक लैजान खोजेको प्रहरीले जनाएको छ ।
Advertisement
कतार एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै दक्षिण अफ्रिका जान लागेका थिए । सो क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थानमा ह्याण्ड ब्याग चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा सो रकम भेटिएको थियो ।
२०० दरको २१ थान, १०० दरको १ सय ९० थान, २० दरको २ थान र १० दरको १ थान गरी २३ हजार २ सय ५० रान्ड बरामद गरिएको हो । अनुसन्धानको लागि विदेशी मुद्रासहित प्रहरी वृत्त गौशला पठाइएको छ ।